२१ कार्तिक २०८३, शनिबार

ज्येष्ठ नागरिकलाई १२ हजार महानगर भत्ता दिने काठमाडौँ महानगरपालिकाको निर्णय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ असार । काठमाडौँ महानगर कार्यपालिकाले जेष्ठ नागरिकलाई सम्मान स्वरुप १२ हजार रुपैँया दिने निर्णय गरेको छ ।

महानगरपालिकाको मंगलबारको बैठकले ८८ वर्ष उमेर पुगेका वरिष्ठ ज्येष्ठ नागरिकलाई आगामी बर्षदेखि बार्षिक १२ हजार रुपैँया दिने निर्णय गरेको हो । यसअघि ८८ बर्ष नागरिकका वरिष्ठ ज्येष्ठ नागरिकको सम्मानमा वार्षिक १० हजार महानगर भत्ता एकमुष्ठ प्रदान गरिँदै आएकोमा त्यसमा २ हजार रुपैँया बृद्धि गरिएको हो ।

बैठकले आर्थिक वर्षभित्र विकासको काम सुरु गर्ने गरी सबै वडा कार्यालयमा २५ लाख बजेट दिने, दुई महिनाभित्र महानगरपालिकाको सङ्गठन सर्वेक्षण गरी दरबन्दी र कार्यविवरणसहितको प्रतिवेदन तयार गर्ने निर्णय गरेको बैठकपछि प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए ।

बैठकले नगर क्षेत्रमा साविकदेखि सञ्चालनमा आएका भाडाका ट्याक्सी मिटरमा गुड्नुपर्ने कानुनी व्यवस्थाको अनिवार्य पालना गराउने, ट्याक्सी पुराना भएको भनी प्राप्त जनगुनासोलाई दृष्टिगत गरी उक्त विषयमा सम्बद्ध यातायात व्यवस्था विभाग र उपत्यका ट्राफिक प्रहरी महाशाखा समेतलाई कडा नियमन गर्न अनुरोध गर्ने साथै महानगपालिकाको सहरी क्षेत्रमा सर्वसुलभ ठूला यात्रु बस सञ्चालन गर्ने नीति तथा कार्यक्रम अघि बढाउने निर्णय गरेको छ ।

अबका दिनमा महानगरभित्र पुनःनिर्माणको कार्य गर्दा पुरातात्विक सम्पदालाई प्राथामिकता दिने प्रमुख शाक्यले जानकारी दिए ।