२१ कार्तिक २०८३, शनिबार

झडपमा घाइते भएका राजपा कार्यकर्ताको निधन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं, ६ असार । सुनसरी जिल्लामा असार १ गते प्रहरी र राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताबीच भएको झडपमा घाइते भएका एकजना समर्थकको निधन भएको छ ।

इटहरी नगरपालिका– ८, डुम्रहाका ३८ वर्षीय दुखीलाल मेहताको उपचारका क्रममा मंगलबार बिहान निधन भएको हो । प्रहरीसँगको झडपमा असार १ गते मेहता गम्भीर घाइते भएका थिए ।

राजपाका नेता मनीषकुमार सुमनका अनुसार असार १ गते प्रहरीको लाठी प्रहारबाट घाइते भएका मेहताको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो ।

निधन भएका मेहताको आजै इनरुवामा अन्तिम दाहासंस्कार गरिँदै छ ।