– कृष्ण ओझा
पाँचथर, ६ असार । नेकपा एमाले संसदीय दलका उप नेता तथा पूर्व सभामूख सुवासचन्द्र नेम्वाङले एमालेले बहुमत ल्याएर मात्र सरकारमा जाने बताएका छन् ।
सोमबार मिक्लाजुङ गाउँपालिका पाँचथर र चौबिसे गाउँपालिका धनकुटाको संयुक्त आसभालाई सम्बोधन गर्दै नेम्वाङले तीन तहको निर्वाचनमा एमालेले बहुमत ल्याउने र त्यसपछि मात्र एमालले सरकार चलाउने बताए ।
कार्यक्रममा एमाले केन्द्रिय सदस्य डम्बर सिंह सम्बाहाम्फे, धनकुटाका एमाले केन्द्रिय सदस्य टिकाराम चेम्जोङ लगायतको विशेष अतिथ्यमा चूनावी सभा सम्पन्न भएको युवा संघ केन्द्रिय सदस्य रामकाजी वान्तवाले बताए ।
सभामा नेका, राप्रपा, संघीय लिम्बूवान पार्टीबाट दर्जन बढी एमाले प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई नेता नेम्वाङले स्वागत गरे ।
यसैबीच नेम्वाङले मंंगलबारै पाँचथरको मिक्लाजूङकै रबि बजार र ईलामको फाफोथूम गाउँपालिकाको संयुक्त चुनाबी आसभालाई सम्बोधन गरेका छन् ।













प्रतिक्रिया