२१ कार्तिक २०८३, शनिबार

राष्ट्रिय फोटो पत्रकार समूह लमजुङ शाखा गठन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अनुज अधिकारी

लमजुङ, ६ असार । राष्ट्रिय फोटो पत्रकार समूह लमजुङ शाखा गठन गरिएको छ । नवगठित शाखा अध्यक्षमा पत्रकार परमेश्वर अधिकारी चयन हुनुभएको छ ।

सोमबार सदरमुकाम बेसीशहरमा भएको फोटो पत्रकार समूहको शाखा उद्घाटनसँगै गठन गरिएको तदर्थ समितिको अध्यक्षमा अधिकारीलाई चयन गरिएको हो । शाखाको उपाध्यक्षमा छविलाल बगाले, सचिवमा अनुज अधिकारी, सहसचिवमा समुन्द्रा घिमिरे र कोषाध्यक्षमा कासिम राना सर्वसम्मत चयन हुनुभएको छ ।

यस्तै सदस्यमा ऋषि अधिकारी, दलबहादुर मजाकोटी, कुमार पौडेल र सिजन श्रेष्ठ रहनुभएको छ । अध्यक्षमा चयन हुनुभएका अधिकारी नेपाल टेलिभिजन लमजुङको संवाददाता तथा लमजुङ पत्र साप्ताहिकका प्रकाशक सम्पादक हुनुहुन्छ । उपाध्यक्ष बगाले कारोवार तथा न्युज ट्वान्टी फोर टेलिभिजन, सचिव अधिकारी लमजुङ टेलिभिजन, सहसचिव घिमिरे रातोपाटी अनलाइन र कोषाध्यक्ष राना स्वतन्त्र फोटो पत्रकारितामा रहनुभइको छ ।

तदर्थ समितिलाई बधाई ज्ञापन गर्दै फोटो पत्रकार समूहका केन्द्रीय अध्यक्ष ध्रुव आलेले फोटो पत्रकारिताको ठूलो महत्व रहेको बताउँदै यसलाई थप व्यवसायिक बनाउनेतर्फ आफुहरु लागिपर्ने बताउनुभयो । उहाँले लमजुङ १५ औं शाखाको रुपमा रहेको बताउँदै यहाँका पत्रकारहरुलाई फोटो पत्रकारितासम्बन्धी तालिम तथा प्रशिक्षणको व्यवस्था गरिने उहाँले बताउनुभयो ।

केन्द्रीय सचिव प्रदिपराज वन्तले समाजमा सूचना र समाचारको जति महत्व छ त्यति नै फोटोको पनि महत्व रहेको बताउनुभयो । उहाँले फोटोको महत्वबारे आमनागरिकलाई सुसुचित गराउन फोटो पत्रकार समूहले काम गर्ने बताउनुभयो ।

पत्रकार महासंघ लमजुङका अध्यक्ष आश गुरुङले मोफोसलमा फोटो पत्रकारिताबारे ज्ञान दिँदै यसको संगठन विस्तार गरेकोमा फोटो पत्रकार समूहलाई धन्यवाद दिनुभयो । उहाँले जिल्लामा फोटो पत्रकारिताको विकासमा महासंघपनि सँगै हातेमालो गरेर अघि बढ्न तयार रहेको बताउनुभयो ।

फोटो पत्रकार समूहका अध्यक्ष परमेश्वर अधिकारीले जिल्ला शाखालाई नमूना शाखा बनाउँदै यहाँ रहेका पत्रकारहरुलाई फोटोसम्बन्धी प्रशिक्षणको व्यवस्था गर्ने बताउनुभयो । कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य किसान संगीत नेपाली, जिल्ला शाखाका निवर्तमान अध्यक्ष नवीनराज कुइँकेल, संस्थापक अध्यक्ष नवराज पहाडी, जिल्ला सचिव सन्देश पौडेललगायतले फोटो पत्रकारिता सम्बन्धी आ–आफ्ना धारणा राखेका थिए ।