१ कार्तिक २०८३, आइतबार

भीम रावलको गृहजिल्लामा पनि एमालेको विजयी सुरुवात

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असार । दोस्रो चरणको स्थानीय निर्वाचनअन्तर्गत नेकपा एमालेले अछाममा पनि विजयी सुरुवात गरेको छ ।

पार्टीका केन्द्रीय उपाध्यक्ष भीम रावलको गृहजिल्ला अछामको मंगलसैन नगरपालिकास्थित दुई वडामा एमाले उम्मेदवार निर्विरोध निर्वाचित हुँदै विजयी यात्रा अगाडि बढाएका हुन् ।

मंगलसैनमा एमालेका तर्फबाट ३ जना वडा सदस्य निर्विरोध निर्वाचत भएका छन् । वडा नम्बर २ मा बमबहादुर बोगटी, महिला वडा सदस्यमा सुनिता बोगटी र वडा नम्बर ७ मा महिला वडा सदस्यमै जमुना जैसी निर्विरोध निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यसअघि बझाङको काँडा गाउँपालिका वडा नम्बर ५ मा एमालेको प्यानलै निर्विरोध भइसकेको छ । बाजुराको बडिमालिका नगरपालिकामा पनि एमालेबाट दलित वडा सदस्यमा लुती नेपाली निर्विरोध भएका छन् ।