२१ कार्तिक २०८३, शनिबार

यस्ता छन् नेपालगञ्ज उपमहानगरका मेयर र उपमेयरका उम्मेदवार

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– आकाश देबकोटा

बाँके, ६ असार । यहि असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपालगन्ज उपमहानगरपालिकामा १७ जनाले प्रमुखमा उम्मेदवारी दिएका छन् । यसैगरी उपप्रमुखमा ११ जनाले उम्मेदवारी दिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रमुखमा नेपाली काँग्रेसबाट डा.सुरेशकुमार कनोडिया, नेकपा एमालेबाट सम्सुद्दिन सिद्दिकी, संघीय समाजवादी फोरमबाट कमरुद्दिन राई, नेकपा माओवादी केन्द्रबाट दामोदर आचार्य, राप्रपाबाट धवल शम्शेर राणा, फोरम लोकतान्त्रिकबाट ऋतु शाही, नेकपा मालेबाट निर्मला चौधरी, राजमोबाट कृष्णराज पाण्डेय, नेमकिपाबाट रहिस अहमद मनिहार, नेपाल परिवार दलबाट गयाप्रसाद कुम्हार, राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकबाट कृष्णप्रसाद खरेल, नेपाली जनता पार्टीबाट रबिकान्त गुप्ता, स्वतन्त्रबाट मो अजुब हल्वाई, रामबहादुर बुढा, मेवालाल हल्वाई र अब्दुल सलाम सिद्दिकीको उम्मेदवारी परेको छ ।

उपप्रमुखमा नेपाली काँग्रेसबाट उमा थापा, नेकपा एमालेबाट शान्ति ढकाल, माओवादी केन्द्रबाट कलामुन अन्सारी, संघीय समाजवादी फोरमबाट शोभाकुमारी लखेर, राप्रपाबाट रमारानी गुप्ता, फोरम लोकतान्त्रिकबाट मिसबाहुल हक अन्सारी, राजमोबाट झुपी खत्री, नेमकिपाबाट मीनाकुमारी परियार, नेपाल परिवार दलबाट लक्ष्मी बस्नेत र स्वतन्त्रबाट रमेशचन्द्र कुम्हारको उम्मेदवारी परेको छ ।