२१ कार्तिक २०८३, शनिबार

चुनाव प्रचारमा हिडेका कांग्रेस नेता कार्यकर्ता चढेको गाडी दुर्घटना, एकको मृत्यु, ९ घाइते

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असार । स्थानीय तहको दोस्रो चरणको निर्वाचनको प्रचारमा हिडेका नेपाली कांग्रेसका नेता कार्यकर्ता चढेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । र, ९ जना घाइते भएका छन् ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा कांग्रेस कार्यकर्ता अर्जुन घिमिरे रहेका छन् ।

अर्घाखाँचीको पाणिनी गाउँपालिकामा नेपाली कांग्रेसको चुनाव प्रसार प्रसार गरी फर्कदै गरेको लु १ ज १९५८ नं. को जीप हिजो बेलुका करिब ६ बजे दुर्घटना हुँदा त्यसमा सवार कांग्रेस कार्यकर्ता २६ वर्षीय घिमिरेको मृत्यु भएको मुख्य सचिव पौडेलले जनाएका छन् ।

जीप दुर्घटना घाइते ९ जनाको अहिले तानसेनस्थित मिसन अस्पतालमा उपचार भैरहेको छ । घाइतेहरुको अवस्था अहिले खतरामुक्त रहेको छ । उक्त जीप सडकबाट करीब ३० मिटर तल खसेको थियो ।

यसैबीच नेपाली कांग्रेस केन्द्रीय समितिले स्थानीय तहको निर्वाचनका क्रममा एक होनाहार कार्यकर्ता अर्जुन घिमिरेलाई गुमाउनु पर्दा दुःख लागेको प्रतिक्रिया दिएको छ । घिमिरेका परिवारजनहरुमा समवेदना प्रकट गर्दै कांग्रेसले घाइतेहरुको स्वास्थ्योपचारको उचित व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।