३ कार्तिक २०८३, मंगलबार

कट्रिना कैफले अब रणवीरसँग फिल्म नखेल्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । रणवीर कपुर र कट्रिना कैफको बहुप्रतिक्षित फिल्म ‘जग्गा जासूस’ अर्को महिना रिलिज हुनेछ । दुबै यो फिल्ममा ब्रेकअपपछि पनि काम गरिरहेका छन् ।

कट्रिनाले यो फिल्मपछि अब रणबीरसँग भविष्यमा कहिले पनि काम नगर्ने स्पष्ट पारेकी छिन् । एक चर्चित पत्रिकाको रिपोर्ट अनुसार कट्रिनाले फिल्मको प्रोमोशनल इभेन्टमा उनका लागि रणबीरसँग काम गर्न निकै कठिन छ ।

कट्रिनालाई उनी भविष्यमा रणबीरसँग काम गर्ने सम्भावना कत्तिको छ भन्ने प्रश्न सोध्दा उनले भनिन्, ‘यो निकै कठिन छ ।’

दुबैसँग नजिक रहेका निर्देशकले भने, ‘हुन त कट्रिना र रणबीरसँग भविष्यमा एक–अर्कासँग काम गर्नका लागि न त कुनै डेट्स छ न नै टाइम ।’

कट्रिना ‘टाइगर जिन्दा हे’ र ‘ठग्स अफ हिन्दोस्तां’ मा काम गरिरहेकी छिन् भने रणबीर संजय दत्तको बायोपिक र अयान मुखर्जीको ‘ड्र्यागन’ मा व्यस्त छन् । – एजेन्सी