
काठमाडौं, ६ असार । दोस्रो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत मनोनयन दर्ता गरेका उम्मेदवारले आज चुनाव चिन्ह पाउँदैछन् । राजनीतिक दलका उम्मेदवारले दलीय चिन्ह पाउँने छन् ।
आयोगले यसअघि तय गरेको पूर्वनिर्धाति कार्यतालिका अनुसार आज उम्मेदवारी फिर्ताको कार्यक्रम सम्पन्न भइसकेपछि चुनाव चिन्ह दिइनेछ । निर्वाचन आयोगको कार्यतालिका आज बिहान ८ बजेदेखि ११ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ ।
असार १४ गते दोस्रो चरणमा ३३४ स्थानीय तहमा निर्वाचन हुँदै छ । ३५ जिल्लामा हुने निर्वाचनले यो पटक १५ हजार ३८ जनप्रतिनिधि चयन गर्नेछ ।
दोस्रो चरणमा एक महानगरपालिका, सात उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकामा निर्वाचन हुँदै छ । निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाता सहभागी हुँदै छन् ।
निर्वाचनका लागि चार हजार ५८१ मतदानस्थल र आठ हजार ३ सय ६४ मतदान केन्द्र तोकिएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९ सय कर्मचारी खटिने आयोगले जनाएको छ ।












प्रतिक्रिया