स्वीटजरल्याण्ड । नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति नेदरल्याण्ड्सका भुतपूर्व अध्यक्ष ठाकुर शर्माले गैर आवासीय नेपाली संघ नेदरल्याण्ड्सको आगामी कार्यकालका लागि उम्मेदवारी घोषणा गरेका छन् ।
पर्बत जिल्लाको कुश्मा नगरपालिका ४ मा घर भएका शर्मा बिगत १३ वर्षदेखि नेदरल्याण्ड्स बस्दै आएका छन् । जनसम्पर्क समिति नेदरल्याण्ड्सको नेतृत्व गरिसकेका शर्मा नेदरल्याण्ड्सका दोश्रो पुस्ताका नेपाली बालबालिकाहरूको लागि नेपाली भाषा कक्षा, नेपाली भाषा तथा संस्कृतिको प्रवर्द्धन, नेपालको कुनै एक विद्यालयमा नमूना परियोजना, अवैधानिक बसाईमा रहेका नेपालीहरुको स्वास्थ्य तथा कानुनी सहयोग, खेल क्षेत्रको विकास लगायतका एजेन्डा सहित मैदानमा उत्रिएका हुन् ।
गैर आवासीय नेपाली संघ नेदरल्याण्ड्सको नेतृत्वका प्रवल दावेदार शर्माले आफ्नो उम्मेदवारी चुनाव जितेर पद ओगट्नका लागि मात्र नभएको बताएका छन् ।















प्रतिक्रिया