१ कार्तिक २०८३, आइतबार

प्रवासी नेपाली मञ्च डेनमार्कको अध्यक्षमा चापागार्इं

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोपनहेगन । प्रवासी नेपाली मञ्च (ओएनएफ) डेनमार्कको अध्यक्षमा शिव चापागाई निर्वाचित भएका छन् ।

ओएनएफ डेनमार्कको चौथो राष्ट्रिय अधिबेशनले चापागाईंको अध्यक्षतामा १३ सदस्यीय कार्य समितिको चयन गरेको हो ।

समितिको उपाध्यक्षहरुमा दिपक पाण्डेय, जयलाल न्यौपाने र कमल शिवाकोटी, महासचिवमा कृष्णप्रसाद सुबेदी र सचिवमा रमेश पाठक चयन छन् । त्यस्तै, सदस्यहरुमा कृष्ण धानुस्क, सकुन्तला सुनाम, अर्जुन पौडेल, हरी क्षेत्री, निरंजना देवकोटा, लक्ष्मी नारायण पौडेल र सन्तोष आधिकारी छन् ।

अधिबेशनले सस्थाका पूर्व अध्यक्ष घनश्याम गौतमलाई युरोप प्रतिनिधि चयन गरेको छ । मञ्चका निवर्तमान अध्यक्ष कृष्ण पौडेलले नयाँ कमिटिको सार्वजनिक घोषणा तथा परिचय गराएका थिए ।

चौथो अधिबेशन आयोजक कमिटिका संयोजक सुशिल घिमिरेको सभापतित्वमा सम्पन भएको उक्त कार्यक्रममा एनआरएनए डेनमार्कका अध्यक्ष दिपेन्द्र चुडाल, नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधिहरु सोम सापकोटा र दीपक सापकोटा, जनसम्पर्क समिति डेनमार्कका सभापति बिरेन्द्रसिंह कार्की, नेपाली जनप्रगतिशील मञ्चका महासचिब महेशकुमार खातीर र प्रवासी मञ्च डेनमार्कका सल्लाहकार शिव कार्कीले नव निर्वाचित कमिटिलाई बधाई तथा शुभकामना दिएका थिए ।

यसैबीच कार्यसमितिको हालै सम्पन्न बैठकले निवर्तमान अध्यक्ष कृष्ण पौडेल प्रमुख सल्लाहकार रहने गरी एक सल्लाहकार समिति गठन गरेको छ । साथै निवर्तमान उपाध्यक्ष स्व.बिष्णुप्रसाद पौडेलको प्रथम वार्षिक पुण्य तिथिमा मञ्चले एक स्मारिका प्रकाशन गर्ने भएको छ ।