गुल्मी, ५ असार । नेकपा एमालेका केन्द्रिय सचिव गोकर्ण बिष्टले देश अब निर्वाचनमय बनेकोले कुनै पनि शक्तिले निर्वाचन रोक्न नसक्ने बताएका छन् । निर्वाचन अभियानको सिलसिलामा सोमवार गुल्मीको इस्मा गाउँपालिकाको अम्मरपुरमा आयोजित सभालाई सम्बोधन गर्दै बिष्टले निर्वाचन नगराउने उद्देश्यले देस भित्रका र बाहिरका शक्ति लागी परेता पनि त्यो सम्भव नरहेको बताए ।
निर्वाचन नगराउन प्रचण्ड नेतृत्व सरकार र देउवा सरकारले खोजे पनि जनताले निर्वाचन चाहेकाले तोकिएको अब मितिमा निर्वाचन हुने बताए । देस अब निर्वाचन मय बन्यो नेता बिष्टले भने ‘अब कुनै तागतले पनि निर्वाचनलाई रोक्न सक्तैन् ।’
सरकारले बाहिरी हस्तक्षेपका कारण पटक पटक निर्वाचनको मिति सार्दै गएको आरोप लगाए । स्थानिय निर्वाचन पछी गाउँगाउमा बिकासले गतिलिने बताए । यो पार्टी त्यो पार्टीलाई भोट भन्दा पनि स्थानिय निर्वाचनले घरदैलोमा सरकार ल्याउने अबसर रहेकाले राम्रो नेतृत्व चुन्न जनतालाई आग्रह गरे ।
सरकारले केहि मधेसवादी दललाई देखाएर निर्वाचन नगराउन खोजिएको थियो नेता बिष्टले भने ‘जनताले निर्वाचन चाहेका छन् त्यो प्रथम चरणको उत्साह पूर्ण सहभागिताले देखायो ।’ नेता बिष्टले देशमा दुई शक्तिबीच लडाइ चलिरहेको बताए । ‘राष्ट्रियता जोगाउने र समाप्त पार्नेबीच लडाई छ’ बिष्टले भने, ‘राष्ट्रियता जोगाउन एमाले दृढता पुर्वक उभिएको छ ।’













प्रतिक्रिया