४ कार्तिक २०८३, बुधबार

एनआईसी एशिया बैंकको थप एक नयाँ शाखा दाङ्गको घोराहीमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असार । एनआईसी एशिया बैंकको ९२ औं शाखा दाङ्ग जिल्लास्थित घोराहीमा सञ्चालनमा आएको छ । सोमबार एक समारोहकाबीच दाङ्ग जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष हेमराज बन्जाडेले उक्त शाखाको उद्घाटन गर्नुभयो ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।