– कृष्ण ओझा
पाँचथर, ५ असार । नेकपा एमालेले साँस्कृतिक कार्यक्रमसहित घरदैलो गरेको छ । उम्मेदवारी दर्तासंगै फिदिम नगरीमा जताको घर दैलोमा नेता कार्यकर्ताले साँस्कृतिककर्मी सहित भोेट मागेका छन् ।
जनसाँस्कृतिक महासंघका केन्द्रिय कोसाध्यक्ष तथा महिला नेतृ भूमीका सूब्बाको नेतृत्वमा जनकलाकार सहित कार्यकताहरुले नाचेर बजारमा धूम मच्चाएका छन ।
नृत्यकारसंग चूनावी गीतमा बजार बासिहरु रमेका थिए । घर दैलोमा मेयर राजकूमार भण्डारी, उपमेयर पदका नगरकी अगूवा नेतृ मूना नेम्वाङ, वडा अध्यक्ष पदका समाज सेवि गजाधर भट्टराई, लगायत उमेद्धार नमस्कार गर्दै नागरिक सामू मत माग्दै थिए ।
एक नगरपालिका र सात गाउँपालिकाहरुमा एमालेको विजय सूनिश्चित रहेको एमाले साँसद गणेश कूमार काम्वाङले बताए ।
त्यस्तै, चूनावी अभियानमा नेपाली काँग्रेसले पनि चूनावी गीत घन्काउदै घर दैलोमा तिब्रता दिएको छ ।
माओबादी केन्द्र लगायत अन्य पाटीहरुले नगर सहित गाउँगाउँमा घरदैलो अभियानलाई तिब्र बनाएका छन । जिल्लामा चूनावी लहरको सरगर्मी बढेसंगै बाजी कस्ले मार्ने भन्ने आंकलन गर्न नसकिने जानकारहरुले बताएका छन् ।















प्रतिक्रिया