२१ कार्तिक २०८३, शनिबार

सन्थाल र मुसहरले लालपूर्जाका लागि संयुक्त अभियान गर्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, ५ असार । सन्थाल तथा मुसहर संस्थाका प्रतिनिधिहरुको सामुहिक बैठकले संयुक्त रणनीति बनाई सहकार्यमा अधिकारको लागि अभियान संचालन गर्ने निर्णय गरेका छन् ।

झापाको दमकमा सोमबार बसेको मोरङ र झापा जिल्लाका सन्थाल तथा मुसहरका ४ जनसंगठनहरुको संयुक्त बैठकले सो निर्णय गरेको हो । जातीय र वर्गिय रुपमा उत्पिडित तथा शोषणका पक्षहरु समान रहेकोले हामी दुई जातिय संगठनहरुले अभियान चलाउने नेपाल ऋषिबंसी जनकल्याण संघ झापाका अध्यक्ष विसेश्वर ऋषिदेवले जानकारी दिए ।

एक्लैले आवाज उठाएर पुगेन, अब संयुक्त अभियान उठाउने निर्णयमा पुगेका उनले बताए । उनले भने– ‘मुसहर र सन्थाल जातिको बर्गिय पिडा समान छ । हामी प्रथमतः भूमि अधिकारबाट बञ्चित रहेका छौं । त्यसैले भूमि अधिकारका लागि संयुक्त अभियान संचालन गर्छौ ।’