२९ आश्विन २०८३, बिहिबार

लण्डनमा अर्को आतंकवादी आक्रमण, एक जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ५ असार । लण्डन फेरि अर्को आतंकवादी आक्रमण भएको छ । लण्डन ब्रिजमा भएको आतंकवादी हमलापछि आइतबार मध्यराति फिन्सबरी पार्क क्षेत्रको सेवन सिस्टर रोडमा आक्रमण भएको हो ।

रमजानको प्रार्थनाका लागि मस्जिदतर्फ गइरहेका पैदलयात्रीलाई लक्षित गरी एक भ्यानले ठक्कर दिएको थियो । हालसम्म एजनाको मृत्यु भएको र आठ जना घाइते भएको बीबीसीले जनाएको छ ।

लण्डन ब्रिजको आक्रमणमा आतंकवादीको संलग्नता भए पनि सेवेन सिस्टर रोडमा मध्यराति १२ बजे भएको आक्रमणमा कसको संलग्नता छ भनेर खुलेको छैन ।

लण्डन मेट्रोपोलिटन पुलिसले सेवेन सिस्टर रोडलाई अहिले बन्द गरेको छ ।

मुस्लिम काउन्सील ब्रिटेनका अनुसार चालकले जानीजानी पैदलयात्रीलाई ठक्कर दिएको थियो । अन्धाधुन्द ठक्कर दिने भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।