२१ कार्तिक २०८३, शनिबार

राजेन्द्र महतोका बुबाको निधन, भैरहवाबाट सर्लाही जाँदै

10.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असार । राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डलका अध्यक्ष राजेन्द्र महतोका बुबाको निधन भएको छ ।

महतोको बुबा एक सय वर्षीय खोभारी महतोको सोमबार बिहान सर्लाहीस्थितनिवासमा निधन भएको राजपाका नेता केशव झाले जानकारी दिए । बाबुको निधन भएको खबर थाहा पाउनेवित्तिकै राजेन्द्र महतो सर्लाहीतिर प्रस्थान गरेका छन् ।

राजेन्द्र महतोका बाबु खोभारी महतोको अन्तिम दाहसंस्कार आजै गरिनेछ । सर्लाहीको बागमतीस्थित कर्माहीया घाटमा दिउँसो एक बजे अन्तिम दाहासंस्कार गर्ने कार्यक्रम रहेको नेता झाले जानकारी दिए ।