२१ कार्तिक २०८३, शनिबार

नाच्दै गाउँदै भैरहवामा उम्मेदवारी दर्ता गर्यो एमालेले (फोटो फिचर )

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा, ४ असार । रुपन्देही सदरमुकाम भैरहवामा नेकपा एमाले सिद्धार्थनगरले शक्ति प्रदर्शनका साथ मेयर उपमेयर सहित १३ वटै वार्डका अध्यक्ष र सदस्य पद गरी ६७ पदमा उमेदवारी मनोनयन गरेको छ ।

असार १४ गते हुन गइरहेको निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगको निर्वाचन तालिका अनुसार आइतबार प्रदेश नम्बर ५ का सबै निर्वाचन कार्यलयमा उमेदवारले मनोनयन दर्ता गराएका हुन् ।

निर्वाचन कार्यलय सिद्धार्थनगरमा विहान १० बजेदेखी ११ बजेको समयमा एमालेले हरि प्रसाद अधिकारीललाई मेयर र उमा काफ्लेलाई उपमेयरका रुपमा मनोनयन दर्ता गराएको छ । पाटिका निर्वाचन निर्देशन कमिटी संयोजक तथा प्रदेश कमिटी सदस्य पुस्पान्जली उपाध्ययका मेयर उपमेयर सहित नगरका सबै पदमा एमालेले उमेदवारी दर्ता गराएको छ ।

एमालेको तर्फबाट सिद्धार्थनगर नगरपालिका वडा नं. १ का वडाअध्यक्षका उम्मेदवार धर्मराज गिरी, २ का दिपक थापा, ३ का थानेश्वर पौडेल, ४ का इस्लाम अली चुडीदार, ५ का चेतबहादुर क्षेत्री, ६ का नसीबदार मुसलमान, ७ का हितराज पन्थी, ८ का राजेन्द्रप्रसाद पन्थी, ९ का शेषकान्त भण्डारी, १० का शंकर मुराव, ११ का दिलिप यादव, १२ का घनेन्द्रविक्रम पाण्डे र १३ का शतिष मर्सानी सहित सबै सदस्य पदमा उमेदवारी दर्ता भएको निर्वाचन परिचालन कमिटी सिद्धार्थनगर संयोजक जिवलाल अर्यालले जनाए ।

मनोनयन दर्ता गर्नुपुर्व एमालेले भैरहवाको प्रत्येक वार्डवार्डबाट एमालेको चुनाबी गीत सहितको रयाली निकालेको थियो । सो रयाली बुद्धचौंकमा जम्मा भई मनोनयन दर्ता स्थल निर्वाचन कार्यलयमा गएको थियो । भैरहवा बजार नै ढाक्नेगरी निस्केको रयालीमा करिब ५ हजार एमाले नेता कार्यकता र शुभचिन्तकको सहभागीता रहेको एमाले नेता भरत कुमार पोखरेलले बताए । रयालीमा सहभागीहरु नाचगानका साथ उत्साहबद्र्धक रुपमा दिउंसो १२ बजेको भैरहवाको अत्याधिक गर्मिको पनि पर्वाह नगरी सहभागीता जनाएको दृश्य अत्यन्तै रोमान्चक थियो ।

र्यालीमा एमाले केन्द्रिय सदस्य एकराज विश्वकर्मा, सांसद आदीत्य नारायण कसौधन, प्रदेश कमिटी सदस्य पुस्पान्जली उपाध्यय, भरत कुमार पोखरेल लगायतका नेताहरुले पनि कार्यकर्तालाई उत्साह थप्नेगरी गर्मिको पर्वाह नै नगरी नृत्य गरेको दृश्यले सबैलाई आर्कर्षीत गरेको देखिन्थ्यो ।