३ कार्तिक २०८३, मंगलबार

साहित्यकार प्रसाईमाथि एसिड आक्रमण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । साहित्यकार तथा डिकुरा पब्लिकेशनका अध्यक्ष पुण्यप्रसाद प्रसाईमाथि एसिड (तेजाब) अक्रमण भएको छ । गोकर्णेश्वर ६ जोरपाटीमा आफ्नो घरमा गत २८ जेठ बेलुका १० बजे कार रोकेर घरभित्र पस्ने बेलामा छिमेकी घरबाट आफुमाथि एसिड छ्यापिएको प्रसाईले बताए ।

आफुमाथि लक्षित गरिएपनि गाडीबाट निक्लिएकाले संयोजबस सो एसिड आक्रमणबाट आफु बचेको एसिड गाडीमा परेको प्रसाईले बताए । एसिडले गाडीको अग्रभाग जलेर खुईलिएको उनले जानकारी गराए ।

सो घटनाका भोली पल्ट बिहान ३० जेठमा महानगरीय प्रहरी बृत्त बौद्धमा रिपोर्ट लेखाए । रिपोर्ट लेखाएका चार दिनसम्म पनि सो घटनाको बृत्तले मुचुल्का उठाउन नमानेपछि प्रसाईले महानगरीय प्रहरी कार्यालय रानिपोखरीमा आफुमाथि एसिड आक्रमण भएको जाहेरी आईतबार दिएका छन् । प्रसाईले आफुमाथि एसिड

आक्रमण गरेको आरोपमा कान्ती बाल अस्पतालका चिकित्सक सुदीप रञ्जित र उनका भाई निरज रञ्जित बिरुद्ध किटानी जाहेरी महानगरीय प्रहरी कार्यालय रानिपोखरीमा दिएका छन् । यस्तै सो जाहेरीमा उनले मुचुल्का उठाउन र जाहेरी लिन समेत नमानेको भन्दै महानगरीय प्रहरी बृत्त बौद्धका डिएसपी अच्युत प्रसाद पुडासैनीलाई पनि बिपक्षी बनाएर जाहेरी दिएका छन् ।