१ कार्तिक २०८३, आइतबार

कङ्गोमा नेपाली सेनामाथि विद्रोहीको आक्रमण, पाँच जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ साउन । संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ कङ्गोमा खटिएको नेपाली सेनाको शम्शेरदल गण (२३ औँ डफ्फा) को सैनिक गस्तीमाथि स्थानीय विद्रोही समूह ‘माई माई’ ले आक्रमण गर्दा दुई नेपाली सैनिक घाइते भएका छन् ।

हेड क्वार्टर बेनीबाट करिब २२ किमी टाढा कवास भन्ने स्थानमा भएको सो आक्रमणमा परी घाइते भएका नेपाली सैनिकको कङ्गोको गोमास्थित संयुक्त राष्ट्र सङ्घको ‘लेबल ३’ अस्पतालमा उपचार भइरहेको सैनिक जनसम्पर्क निर्देशनालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । उपचाररत घाइते सैनिकको अवस्था सामान्य रहेको छ ।

नेपाली शान्ति सैनिकले आक्रमणको प्रतिकार गर्दा पाँच जना विद्रोहीको मृत्यु भएको छ । घटनामा विद्रोहीबाट बरामद भएका एके–४७ राइफल दुई थान र सो को एम्युनिशन ५० राउण्ड कङ्गोको राष्ट्रिय सेनालाई बुझाइएको निर्देशनालयले जनाएको छ ।