ललितपुर, ४ असार । विवेकशील नेपाली दल, ललितपुरले साताव्यापी सरकार र ट्राफिक प्रहरी तथा अन्य सरोकारवालासंगको सहयोगमा पैदल यात्री बचाउ अभियान सम्पन्न भएको छ । नेपालको सडक दुर्घटना ४०% कम गर्नको लागि पैदल यात्रीहरुलाई सचेत गराउनु पर्ने भन्दै सरकारले सञ्चालन गरेको हर्न मुक्त, जेब्रा क्रसिङ्ग र आकाशे पुलबाट मात्र बाटो काट्न सचेत गराउने अभियानमा स्वयंसेवा गरेको थियो ।
जेठ २५ गते देखि आज ४ गते सम्मको लागि विवेकशील नेपालीले ललितपुरमा रहेका आफ्ना स्वयम् सेवकहरुलाई जनचेतना मुलक कार्यक्रम आयोजना गरेका हुन् । उनीहरुले लगनखेल, ललितपुर र आसपासमा ट्राफिक जनचेतना जगाउने र ट्राफिक व्यस्थापनमा स्वयंसेवा आयोजना गरेका हो ।
सडकमा ट्राफिक सिग्नल नभएर पैदल यात्रुलाई जेब्रा क्रसिंगमा बाटो काट्न गाह्रो भएको स्थानमा स्वयंसेवीहरुले सहयोग गरेको थियो । यस अभियानमा Girls Rising Room, Friends For Life, United Youth For Nation र स्वतन्त्र नागरिकहरुले पनि समर्थन गरेको थियो ।
जेब्रा क्रसिंग मै यात्रुहरु दुर्घटनामा परेको समाचारहरु आएपछि विवेकशील नेपाली- ललितपुरका सदस्यहरुले आफै ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरीलाई केहि सहयोग गर्न सकिन्छ कि भनेर ललितपुर जिल्ला ट्राफिक प्रहरी प्रमुख सिताराम हाछेथु ज्युलाई भेट्न गएका थिए । सिताराम हाछेथु ज्युले विवेकशील सदस्यहरुलाई तपाईंहरु जस्तै विवेकशील नागरिकको सहयोगले नै सडकमा भएको ट्राफिक व्यवस्थापनमा केहि सुधार हुनेछ भन्नु भएपछि र विवेकशील सदस्यहरु ट्राफिक प्रहरीसंग मिलेर लगनखेल, ललितपुरमा ट्राफिक प्रहरी स्वयंसेवीको रुपमा एक हप्ता स्वयंसेवा गरेको थियो ।
“एक सम्बृद्ध राष्ट्रका निम्ति हरेक नागरिक जिम्मेवार हुन अनिवार्य छ, जुन देशको ब्यबस्थापन, पूर्वाधारहरु कम्जोर छ, त्यस देशको नागरिकहरुको दायित्व झन् बढ्छ । हामीले त्यहि दायित्व मात्र पुरा गरेका हौँ ” विवेकशील नेपाली दल- ललितपुरका जिल्ला संयोजक मनन महर्जनले बताए ।













प्रतिक्रिया