२१ कार्तिक २०८३, शनिबार

नेपाली चेली बम्बईको वेश्यालयमा १७ हजारमा बेच्ने पक्राउ

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौैं, ४ असार । जिउ मास्ने बेच्ने मुद्दाका फरार प्रतिबादी चितवन, खैरेनी–१३ बस्ने नुवाकोट, साल्मे गाविस–५ स्थायी वतन भएका ५३ वर्षीय रामबहादुर तामाङलाई प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजको प्रहरीले चितवन खैरेनीबाट शनिबार पक्राउ गरेको छ ।

तामाङ समेत भएको जिउ मास्ने बेच्ने मुद्धामा धादिङ जिल्ला अदालतको २०६७ जेठ २४ गतेको फैसलाले तामाङलाई १५ वर्ष कैद र १७ हजार रुपैयाँ जरिवाना हुने ठहर भएकोमा उक्त सजाय वेरुजु भई हालसम्म फरार रहेको अवस्थामा ब्यूरोको टोलीले उनलाई पक्राउ गर्न सफल भएको हो ।

प्रतिबादी तामाङले २०४८ पुस २१ गते एक महिलालाई बिवाह गर्छु भनी ललाई फकाई धादिङ्गबाट लिई हिँडेको र निजसमेत अन्य ३ जना प्रतिवादीहरु मिलेर महिलालाई झुक्याई चितवनको नारायणघाट हुँदै कन्चनपुरको वनवासा नाकाबाट भारतको बम्बईस्थित वेश्यालयमा पुर्याई १७ हजार रुपैयाँमा बिक्री गरी प्राप्त रकम तीनैजनाले बाँडेर लगेका थिए ।

तामाङलाई फैसला कार्यान्वयनको लागि आइतबार धादिङ जिल्ला अदालतमा उपस्थित गराएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार शाखा धादिङ पठाइएको छ ।