रौतहट, ४ असार । स्थानीय तहको दोस्रो चरणको निर्वाचन नजिकिदै गर्दा रौतहटमा अमेरिकी हतियार फेला परेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार गढीमाई गाउँपालिका–४ स्थित गढीमाई चोकमा जाँच गर्ने क्रममा सोही ठाउँ बस्ने ३४ वर्षीय हिरा राय यादवलाई झोलाभित्र लुकाई राखेको मेड इन युएसए लेखेको अटोमेटिक पेस्तोल १ थान, त्यसको खाली म्याग्जिन १ थान र कटुवा पेस्तोल १ थान सहित शनिबार प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया