२१ कार्तिक २०८३, शनिबार

बाँकेमा सुरु भयो उम्मेदवारी मनोनयन, सुरक्षा व्यवस्था कडा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– आकाश देवकोटा

बाँके, ४ असार । असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि आज आईतबार बिहान ८ बजेदेखि उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र ६ वटै गाउँपालिकामा मनोनयन प्रक्रिया सुरु भएको छ ।

नेपालगन्जमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहानदेखि नै उम्मेदवारी मनोनयनको कार्य सुरु भएको छ । सुरुमा स्वतन्त्र उम्मेदवारहरु उम्मेदवारी दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालयमा पुगेका छन् । राजनीतिक दलहरुलाई भने निर्वाचन अधिकृतको कार्यालयले पालैपालो गरी दर्ताका लागि आउन समय दिएको मुख्य निर्वाचन अधिकृतको तेज नारायण पौडेलले जानकारी दिनुभयो ।

दलहरुले बिशाल ¥यायलीसहित मनोनयनका लागि निर्वाचन अधिकृतको कार्यालयमा पुग्ने तयारी गरेका छन् । नेपालगन्जमा कुनै अप्रिय अवस्था हुन नदिन सुरक्षा सतर्कता बढाइएको प्रमुख जिल्ला अधिकारी रबि लाल पन्तले जानकारी दिनुभयो ।