
काठमाडौँ, ४ असार । चुनावमा भाग नलिने राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को निर्णयमा विरोध जनाउँदै पार्टी परित्याग गरेका दुई जना केन्द्रीय नेता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आइतबार विशेष कार्यक्रमबीच राजपाका केन्द्रीय कोषाध्यक्ष अनिता यादव र केन्द्रीय सदस्य राजेश्वर महासेठ लगायत एमालेमा प्रवेश गरेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल, सचिव पृथ्बी सुब्बा गुरुंग लगायतका नेताहरुले उनीहरुलाई एमालेमा स्वागत गरे ।
चुनावमा भाग नलिने निर्णय गरेको राजपाभित्र अराजकता र अतिवाद मौलाएकाले आफूले राजपा परित्याग गरेको यादवले बताइन् । धनुषा जिल्ला निवासी रहेकी यादव तराई मधेश लोकतान्त्रिक पार्टीको संस्थापक नेतृ हुन् । राजपा बनेपछि पनि उनी कोषाध्यक्ष थिइन् ।
यादवले नेकपा एमालेले लिएको नीतिको निकै प्रशंसा गरिन् ।












प्रतिक्रिया