काठमाडौं, ४ असार । स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि आज बिहानैदेखि उम्मेदवारी पर्न सुरु भएको छ ।
१, ५ र ७ नं. प्रदेशका निर्वाचन कार्यालयहरूमा विभिन्न दल र स्वतन्त्र उम्मेदवारहरूले बिहान ८ बजेदेखि मनोनयन दर्ता गराएका हुन् । उम्मेदवारी बिहान ८ बजेदेखि ४ बजेसम्म दर्ता गर्न सकिनेछ ।
असार १४ गते हुन लागेको निर्वाचनमा ३ सय ३४ स्थानीय तहमा मतदान हुनेछ ।
मनोनयन दर्ताको कार्यक्रमलाई सुरक्षा दिन स्थानीय प्रशासनले उच्च सुरक्षा व्यवस्था बनाएको जनाएको छ ।











प्रतिक्रिया