९ मंसिर २०८३, बुधबार

‘रेशम चौधरीलाई प्रचण्डले दिल्लीमा भेट्ने, देउवाले पुरस्कार दिने, यो कस्तो गठबन्धन हो ?’

5.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मी, ३ असार । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले निर्वाचनलाई पटक पटक सारेर सरकारले निर्वाचनप्रति व्यंग्य गरेको टिप्पणी गरेका छन् ।

गुल्मीको छात्रकोट गाउँपालिकामा आयोजित बृहत युवा भेलालाई सम्बोधन गर्दै उहाँले एमालेलाई बाइपास गरेर केहि शक्तिको आशिर्वादमा नेपालमा राजनीतिक गतिबिधि गर्नेलाई जनताले ब्यालेटमार्फत मत दिएर अस्वीकार गरेको बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य खिमलाल भट्टराईले एमालेले आगामी निर्वाचनमा अझ सशक्त ढंगबाट उत्कृष्ट परिणाम निकाल्ने दाबी गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै युवा संघ नेपालका केन्द्रीय अध्यक्ष राजीव पहारीले सरकारले रेशम चौधरीलाई करोडौं रकम बाडेर कानुन अनुरुप तत्काल पक्रेर कारबाही गर्नुपर्नेलाई सम्मान गरेकोमा सरकार हो कि अपराधी संरक्षण गर्ने झुण्ड हो ? भन्ने प्रश्न गर्दै जनतालाई जवाफ चाहिएको बताउनु भएको छ ।

विगत सरकारमा रहँदा नै प्रचण्डले दिल्लीमा भएको भेटघाट र अहिले रकम दिनु दुवै सुनियोजित भएको भन्दै उहाँले सरकारले विधि शासनलाई हसाएको टिप्पणी गर्नुभयो ।

‘रेशम चौधरीलाई प्रचण्डले दिल्लीमा भेट्ने, देउवाले पुरस्कार दिने, यो कस्तो गठबन्धन हो ?’ – उहाँले भन्नुभयो ।

त्यस्तै, उहाँले आम युवाहरुले यस्ता शक्तिलाई परास्त गर्न अब एकजुट भएर एमालेलाई बिजयी गराउनुपर्ने समेत बताउनुभयो ।

युवा संघ नेपाल छात्रकोट गाउपालिकाद्वारा आयोजित उक्त कार्यक्रमलाई युवा संघका उपाध्यक्ष, चन्द्र लामा, सचिव माधव बास्तोला, सचिवालय सदस्य निरेश्लाल सिंह र रमेश आचार्यले आफ्नो मन्तब्य राख्नु भएको थियो ।