९ मंसिर २०८३, बुधबार

अन्ततः पौडेलले पनि मुख खोले, चुनाव सारेको भन्दै देउवाको कडा आलोचना

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, ३ असार । अन्ततः नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि चुनाव सारिएकोमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना गरेका छन् ।

गृहजिल्ला तनहुँमा आयोजित कार्यक्रममा पुगेर पौडेलले चुनाव सारेको विषयमा पहिलोपटक मुख खोलेका हुन् । तनहुँको क्षेत्र नं २ द्वारा शनिबार दमौलीमा आयोजित निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै पौडेलले सभापति देउवाको आलोचना गरेका हुन् । पौडेलले भने – “राजपाले धोका दिएको भए यसबारेमा समीक्षा हुनुपथ्र्यो ।”

तराईका जनतालाई स्थानीय तहको निर्वाचनका बारेमा बुझाउन जरुरी भएको बताउँदै नेता पौडेलले भने – “त्यस क्षेत्रका नेताहरुले स्थानीय तहको निर्वाचनबाट हुने फाइदाका बारेमा राम्रोसँग बुझाउन आवश्यक छ ।”

पहिलो चरणको निर्वाचनबाट चुनिएका जनप्रतिनिधिले गुरुयोजना बनाई काम गर्नुपर्ने सुझाव पौडेलको छ ।

उनले भने – “पहिलो चरणको निर्वाचनमा काँग्रेस दोस्रो स्थानमा रहन पुगेकाले अब हुने दोस्रो चरणको निर्वाचनमा पहिलो पार्टी बनाउनुपर्छ । यसका लागि तल्लो तहबाटै काँग्रेसलाई दबाब दिनुपर्छ, जय जयकार गरेर मात्रै हुँदैन ।”