२१ कार्तिक २०८३, शनिबार

उदयपुरमा ६ महिनामा २७ वटा हिंसाका घटना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गाईघाट, ३ असार । जिल्लामा ६ महिनामा २७ वटा मानव अधिकार उल्ल्ङघन तथा ज्यादतीका घटनाहरु घटको एक तथ्यांकले देखाएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) उदयपुरले शनिबार नेपाल मानव अधिकार बर्ष पुस्तक २०१८ मा समेटिने घटनाहरुको पूर्व समीक्षा कार्यक्रममा यस्तो तथ्यांक देखाइएको हो ।

घटना मध्ये सबैभन्दा बढि घरेलु हिंसाका १२ वटा, वहुविवाह ४, महिला बलात्कार तथा बलात्कारका प्रयास ३ वटा, बालिकामाथि बलात्कार र बलात्कार प्रयास ६ वटा र मानव वेचविखनका २ वटा घटना रहेको जिल्ला प्रतिनिधि भरत खड्काले बताए ।

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालयका एसपी नरबहादुर केसीले इन्सेकको बर्षपुस्तक मानवअधिकार सम्बन्धी गतिलो दस्तावेज भएको हुँदा यसमा समेटिने घटना सत्यतत्यमा आधारित रहनु पर्नेमा जोड दिए । उनले पछिल्लो समय बढ्दै गएको आत्महत्या, ग्रामिण क्षेत्रमा परेका समस्याका बारेमासमेत अभिलेखिकरण गर्न सके अझ प्रभावकारी हुने बताए ।

कार्यक्रममा नेकपा माओबादी केन्द्रका सदस्य जिवन कार्कीले समन्व्यको अभावमा धेरै घटनाहरु वाहिर आउन नसकेको बताए । उनले ग्रामिण तहमा भएका घटनाहरु अझै वाहिर आउन नसकेकाले तिनीहरुलाईसमेत सार्वजानिक गरिनु पर्ने बताए । कार्यक्रममा नेकपा एमालेका शम्भु शर्मा, एकल महिला जिल्ला सञ्जालका अध्यक्ष शोभा दाहाल लगायतले सुझाबहरु दिएका थिए ।