१० मंसिर २०८३, बिहिबार

ज्यातिष न्यौपानेको खुलासाः देउवालाई संकट आउने योग छ, चुनाव सार्नु झन् महाभूल

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असार । प्रधानमन्त्री बनेको ११ दिन बितिसके पनि काँग्रेस सभापति शेरबहादुर देउवा सरकारी निवास बालुवाटारमा सरेका छैनन् । ज्यातिषीहरुले अहिले अशुभ रहेको बताएपछि उनी निजी निवास बुढानिलकण्ठमै छन् । ज्योतिषहरुको सल्लाहमै उनी सोमबारसम्म बालुवाटार सार्ने तरखरमा छन् ।

ज्योतिष अंगीरश न्यौपानेका अनुसार, देउवालाई तत्काल संकट आउने योग देखिएको छ । ‘उहाँको कुण्डलीमा अहिले राहु र केतु प्रतिकुल छन्।’ न्यौपानेले भने तर, वृश्चिकले केही बल दिएको छ, यो बीचको समयमा कुनै पनि काम सुरु गरे त्यसले फल दिने र त्यति राम्रो हुन्न ।

ज्योतिष अंगीरश न्यौपाने

न्यौपानेका अनुसार, चुनाव सार्नुपनि देउवाका लागि गलत थियो । ‘अहिले चुनावको मिति सार्नुहुँदैन्थ्यो, चुनावको मिति सारेकोले संकट आईलाग्यो, राहु र केतु प्रतिकुल भएकै बेला चुनाव सार्ने निर्णय गरेकोले अहिले संकट निम्तिएको हो।’ ज्योतिष न्यौपानले भने ।

चुनाव सारिएको भए पनि लामो समयको लागि सार्नुपनि त्यति फलदायी नभएको उनको जिकिर छ । न्यौपानेले भने,‘चुनाव सार्नु राम्रो भएन, सारेको भएपनि एक दुई हप्तोकालागि सार्नुपर्दथ्यो, यो लामो समय भयो, त्यसैले यो चुनाव नसकिउञ्जेलम्म पनि राम्रो छैन्।’ यद्धपि उनले असोज २ गतेपनि भने देउवालाई कम भन्दा कम संकट आउने दाबी गरे । देउवाको बुधपनि त्यति अनुकुल नभएको उनले सुनाए । यद्धपि उनले देउवालाई यो बीचमा सानोतिनो संकट आएर पार हुने विश्वास व्यक्त गरे । देउवाको मकर राशि र सिंह लग्न भएकोले प्रतिकुल समयपनि पार गर्न सक्ने उनको भनाई छ ।

त्यस्तै देउवाको नजिकका सहयोगी (पार्टीभित्रका र बाहिरका) राहु र केतु भएकोले उनलाई बल पुग्ने विश्वास न्यौपानेले दिलाए ।