१ कार्तिक २०८३, आइतबार

हुमनराईट्स वाचले मलेसियालाई भन्यो- विदेशी कामदारको सुरक्षामा ध्यान देउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सुदिप निउरे

क्वालालुम्पुर, ३ असार । मलेसियाको बिदेशी कामदार सुरक्षा नीति मजबुद बनाउन आबश्यक रहेको एक मानव अधिकारबादी संस्थाले जनाएको छ । अन्तराष्ट्रिय मानव अधिकारको सन्दर्भमा काम गर्ने संस्था हुमनराईट्स वाचडगले बिदेशी कामदार सुरक्षा निती मजबुद बनाउन मलेसियासंग माग गरेको हो । त्यसो त बिदेशी कामदारको लागि यसअघिका रिपोर्टमा पनि मलेसिया खराबकै सूचीमा रहँदै आएको छ। यस पटकको रिपोर्टमा पनि मलेसियाको कामदार सुरक्षा निती खराब नै देखिएको हो ।

यसै महिनामा सार्बजनिक गरिएको एक रिपोर्ट अनुसार बिदेशी कामदारमाथि मलेसियामा ब्यापक दुर्ब्यबहार भैरहेको भन्दै यस्ताखाले गतिबिधि रोकिनुपर्ने वाचडकको ठहर छ । कामदारमाथि हुने गरेका बिद्यमान दुर्ब्यबहार अन्त्य गर्न कामदार निती बलियो बनाउनुपर्ने सुझाव समेत उसले दिएको छ । बिदेशी कामदारहरुलाई सुरक्षाको प्रत्याभुति दिलाउन समेत मलेसियासंग अधिकारबादी संस्था वाचडगले आग्रह गरेको छ । यहाँको रोजगार सुरक्षा, कानुन भन्दा धेरै बाहीर रहेको रिपोर्टलाई उदृत गर्दै स्थानिय समाचार अनलाईन मलायामेलले खबर प्रकाशित गरेको छ ।

रोजगारदाता तथा एजेन्टले कामदारको हकप्रद आम्दानी समेत दुरुपयोग गर्ने गरेको रिपोर्टमा उल्लेख छ । घरेलु कामदारको सन्दर्भमा मलेसियासंग ईन्डोनेसिया र कम्वोडिया लगायत मुलुकले श्रम सम्झौता गरेको भएपनि ब्यबहारीक पक्ष कमजोर र फितलो रहेको वाचडगले उल्लेख गरेको छ । कतिपय रोजगारदाताले घरेलु कामदारलाई ६ महिना वा त्यो भन्दा पनि बढी समय पारिश्रमिक तोकिए बमोजिम नदिने गरेको पनि बताईएको छ । कामदार ल्याउंदा लाग्ने लागत कम गर्न रोजगार दाताहरुले यस्तो हर्कत गर्ने गरेको समेत बताईएको छ ।

त्यसकारण मलेसियामा रहेका बिदेशी तथा राष्टिय घरेलु कामदारहरुको पुर्ण श्रम अधिकार संरक्षण गर्न आबश्यक रहेको वाचडगको तर्क छ । मलेसियामा बिद्यमान मानव तस्करी,बाध्यकारी श्रम निती,यौन दुब्यबहार , शारीरिक शोषण लगाएत घरेलु कामदारबारे उठेका बिभिन्न आरोपमाथी छानबिन गर्न र जिम्मेवार बन्न मलेसियासंग वाचडगले आग्रह गरेको छ । रोजगारदाता तथा एजेन्टहरुले बिभिन्न बहानामा पारिश्रमिक कटौती गर्ने गरेको भेटिएकाले त्यस खाले काम तत्काल बन्द गर्न भनिएको छ । अन्तराष्टिय श्रम संगठन आईएलओका अनुसार बिदेशी तथा घरेलु कामदारको पुर्ण श्रम अधिकार प्रदान गर्न वाचडगले मलेसियासंग माग गरेको छ ।