१० मंसिर २०८३, बिहिबार

कञ्चनपुरमा पत्रकार खेम भण्डारी पक्राउ

10.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– झलक पाली

डोटी, ३ असार । कञ्चनपुरमा क्रियाशील पत्रकार खेम भण्डारीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । मानसखण्ड दैनिकका प्रकाशक तथा सम्पादक भण्डारीले आफूलाई प्रहरीले पक्राउ गरेको फेसबुक स्टाटसमा लेखेका छन् ।

प्रहरीले उनलाई सार्वजनिक अपराध गरेको आरोपमा अनुसन्धानका लागि भन्दै कार्यालयबाटै पक्राउ गरेको मानसखण्ड परिवार श्रोतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव निरिक्षक महेन्द्र पाण्डे नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ पूर्जीसहित २०–२५ जनाको समूहमा आएको प्रहरी फौजले उनलाई दिउँसो सवा १२ बजेतिर पक्राउ गरेको मानसखण्ड दैनिक श्रोतले जनाएको छ ।

लामो समय पत्रकारीतामा रहेका भण्डारी न्यूनतम् पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष समेत हुन् ।उनले मानसखण्ड दैनिक र रेडियो महाकालीमार्फत कञ्चनपुरमा प्रहरीका विषयमा निरन्तर समाचार सम्प्रेषण गर्दै आएका थिए ।

मिडियामा सार्वजनिक समाचारमा आफ्नी छोरीको नाम उल्लेख गरेर चरित्र हत्या गरेको भन्दै अभिभावकले सार्वजनिक अपराध अन्तर्गत उजुरी दिएपछि पक्राउ गरिएको कञ्चनपुरका प्रहरी नायव उपरीक्षक भिम प्रसाद दहालले बताए ।