मुम्बई । पोर्नस्टर एवम् बलिउड अभिनेत्री सनी लियोनीले आफूलाई शाकाहारी बनाएकी छिन् । शाकाहारी भएलगत्तै उनको शरीरमा सकारात्मक विभिन्न परिवर्तन आएको छ ।
उनले भनेकि छिन्, ‘मैले मासु खान छाडेकी छु । शाकाहारी हुँदा मेरो तौल उल्लेख्य घटेको छ ।’ ‘मासु खानेहरूले बुझ्न जरुरी छ कि जनावरहरूलाई कति पीडा हुन्छ भनेर’, सनीले भनेकी छिन् ।
सागसब्जी खाँदा पाचन प्रक्रियामा समेत सकारात्मक अनुभवन गरेको उनको भनाइ छ । सनीले शाकाहारी बन्न आफ्ना शुभेच्छुकहरूलाई आग्रह गरेकी छिन् । शाकाहारी भएपछि आफूलाई सनीले फुर्तिलो महसुस पनि गरेकी छिन् ।
भारतीय मुलकी क्यानेडिन नागरिक सनी लियोनी मुम्बईमा बस्दै आएकी छिन् । पोर्न फिल्ममा नाम कमाएपछि उनी बलिउड फिल्ममा भित्रिएकी हुन् ।
उनका केही फिल्म चलेपनि अरु फिल्म खासै चल्न सकेको छैनन् । सनीको चर्चा भने बलिउडमा धेरै हुने गरेको छ । – बीबीसी















प्रतिक्रिया