काठमाडौं, ३ असार । मुलुकको नीति निर्माण गर्ने मुख्य निकायका रुपमा रहेको संसद सचिवालयले ४ महिनासम्म आफूले प्रयानेग गर्ने सवारी साधनको बीमा नगरी सवारी चलाएको पाइएको छ ।
सभामुख, पूर्वसभामुखदखि संसदको विभिन्न समितिका सभापति तथा सचिवालयका उच्चपदाधिकारी चढ्ने सवारी साधनको चार महिनासम्म बीमा नगरी सवारस् साधन चलाएको भन्दै संसद सचिवालयका चालकहरूले आन्दोलन गरेपछि मात्रै सचिवालयले सवारी साधनको बीमा प्रक्रिया सुरु गरेको छ । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।
संसद सचिवालय अन्तर्गत रहेका ९६ वटा सवारी साधन र ६६ वटा मोटरसाइकल बीमा नै नगरी गुडेको पत्ता लागेपछि सवारी चालकले विरोध गर्दै सवारी नचलाउने धम्की दिएका कारण सचिवालयले ती सबै सवारी साधनको बीमा गराएको थियो ।













प्रतिक्रिया