२१ कार्तिक २०८३, शनिबार

नेपाल-भारत सीमा क्षेत्रमा एमालेको हुंकारः राष्ट्रको स्वाभिमान सूर्यमा मतदान

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

भैरहवा, २ असार । भारतसंग सीमा जोडिएको सिनपाका वडाहरुमा नेकपा एमालेले विशेष तरीकाले प्रचार प्रसार गर्दै आएको छ । असार १४ गते हुन गइरहेको स्थानिय तह निर्वाचमा सिद्धार्थनगरपालिकामा आफ्नो विजयी सुनिश्चित गर्नकोलागी विभिन्न कार्यक्रम गर्दै आएको हो । निर्वाचन लक्षित कार्यक्रममा एमालेले राष्ट्रियता र स्वाधिनतालाई अग्रभागमा राखेर प्रचार गरिरहेको देखिएको छ ।

शुक्रबार विहानै भारतसंग सीमा जोडिएको वडा नम्बर २ मा सूर्य अंकित झन्डा र टिसर्ट लगाएका करिब ३ सय जना व्यक्तिहरुले दसगजासंग जोडिएको झन्डीबजारदेखी राष्ट्रको स्वाभिमान सूर्यमा मतदान भन्ने नाराबाजी सहित रोड शो निकालेका छन् । झण्डीबजारदेखी निस्केको रोड शो म्युडिहवा गाउका टोलटोलमा हुदैं विरपथ सम्म पुगेको थियो । त्यहांबाट पुनः म्युडिहवा चौंकमा आई कोणसभामा परिणतः भएको रोड शोलाई एमालेका तर्फबाट सिद्धार्थनगरपालिकामा मेयरका प्रत्यासी हरिप्रसाद अधिकारीले सम्बोधन गर्दै दक्षिणको विस्तारबादी होस् वा पश्चिमको साम्रज्यवादी कसैसंग पनि एमालेले राष्ट्रीय स्वाधिनता र अखण्डताको सबालमा सम्झौता नगर्ने बताए । उनले एमाले अध्यक्ष केपी ओलीको अडान र जनताको सहयोगले नै नेपालको शीर उचो भएको बताउदैं आसन्न सिद्धार्थनगर निर्वाचनमा एमालेको चुनाबा चिन्ह सूर्यमा मतदान गरेर एमाले उमेदावारलाई विजयी गराए सीमावर्ति समस्याहरु समाधान सहजै गरिने बताए ।

रोड शो को समापन समारोहलाई सम्बोधन गर्दै उपमेयरको प्रत्यासी उमा काफ्लेले ऐतिहासीक महत्व बोकेको सिनपा वडा नम्बर २ सम्भावनालाई केलाउदैं नगरकै भारतीय खुल्ला सीमाको फाइदा लिनेगरी यहांका जनताको सहभागीतामा कार्यक्रम अगाडी बढाइने बताइन् ।

सोही वडाका अध्यक्ष दिपक कुमार थापाले सिनपा २ लाई नगरकै विकसीत र समुन्नत वडाको रुपमा विकास गर्नेगरी आफुले सपना देखेकोले सो सपना साकार पार्न वडाबासीको मतदानको खाचों भएको भन्दै एक पटक काम गर्ने मौका दिन आग्रह गरे ।

वडा सदस्य पदका उमेदवार राजेन्द्र सिंह खड्काको सन्चालनमा सम्पन्न उक्त कार्यक्रममा वडा सदस्य उमेदवार इन्दिरा क्षेत्रीले महिलाहरुको आर्यआर्जनकोलागी विभिन्न सीपमूलक कार्यक्रम मार्फत महिलाहरुलाई आर्थिक रुपमले सम्पन्न गराउन विशेष योजना सहित कार्यक्रम गर्ने जनाइन् । उनले उक्त वडामा सम्पुर्ण सुविधा सहितको स्वास्थय चौकी स्थापना गर्ने पनि जनाइन् । सिनपा २ बाट वडा अध्यक्षका उमेदवार दिपक कुमार थापाले ०५४ सालको स्थानिय निर्वाचनमा १६ मतले पराजित भएका थिए ।

सो वार्डमा सबैभन्दा बलिया उमेदवारका रुपमा देखिएका थापा २०४६ सालदेखी नै कम्युनिष्ट पाटिको कार्यकर्ताको रुपमा पाटिमा पुर्णकालिन सदस्यको रुपमा क्रियासील रहेका छन् ।थापा नेतृत्वको उतm टिममा एमालेले सदस्यहरुमा इन्दिरा क्षेत्री, राजेन्द्र सिंह खड्का, चैतु कहांर र सकुन्तला ढाडीलाई चुनाबी मैदानमा उतारेको छ । १ हजार ८ सय ५० जना मतदाता रहेको उक्त वडाबाट कांग्रेसबाट जगजीवन पाठक, राप्रपाबाट छेदीलाल श्रीवास्ताव र माओवादीबाट दिपक थापा अध्यक्षका उमेदवार रहेका छन् ।

यसैबीच नगरको वडा नम्बर १२ मा उमेदवारहरुले नागरिक अगुवासंग छलफल तथा अन्तरक्रिया गरेका छन् । सो वडाका अध्यक्ष पदका उमेदवार घनेन्द्र विक्रम पाण्डे, दु्रपदा पनेरु, कुमार गुरुंग, सरोज ठकुरी, सीता कुमारी सुनारले नागरीक अगुवाको राय सुझाब संकलन गरेको निर्वाचन परिचालन कमिटी १२ नम्बर संयोजक प्रेम कुमार सेन्चुरीले बताए ।

यता सिनपा ७ मा उमेदवारहरुले मतदाता शिक्षामा जोड दिइएको पाइएको छ । सो वडामा एमालेका प्रभावशाली नेता क्षेत्र नम्बर २ का इन्चार्ज समेत रहेका हितराज पन्थि वडा अध्यक्षको उमेदवार भएपछि चुनाबी माहौल झनै तातेको हो । अन्य प्रतिसपर्धि भन्दा हेभी वेटका पन्थिको वडा अध्यक्षमा उमेदवारी परेपछि मतादाता खुसी देखिएका छन् । एमालेको गढ वडाको रुपमा परिचीत उक्त वडामा मतदान बदर नहोस् भनेर एमालेले घरदैलो संगै मतदाता शिक्षालाइ पनि जोड दिएको वडा निर्वाचन परिचालन कमिटी संयोजक ममता माण्डब्यले जनाइन् ।

निर्वाचन विशेष युवा परिचालन

नेकपा एमाले सिद्धार्थनगरले निर्वाचनका क्रममा विपक्षी दलले एमाले प्र ितगर्ने भ्रामत्मक प्रचार र आचारंसंहिता विपरितको कामहरु रोक्न युवाहरुको विशेष दस्ता परिचालन गर्ने भएको छ ।

निर्वाचन विशेष युवा दस्ताको खाका तयार गरेर निर्वाचन अवधीभर एमालेको विरुद्ध हुने गतिविधीलाई नियन्त्रण गर्न लाग्ने तयारी गरेको एमाले नगर सदस्य तथा युवा सह इन्चार्ज चक्रबहादुर थापाले जानकारी दिएका छन् ।