३ कार्तिक २०८३, मंगलबार

नेपाल आइडलकी कन्टेस्ट सुजाता पाण्डेयको अपिल– मलाई भोट दिनुस्

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एपी वान टेलिभिजनद्धारा सञ्चालित ‘नेपाल आइडल’ पहिलो सिरिज अन्तर्गत उत्कृष्ट १८ को छनौटमा पर्न सफल सुजाता पाण्डेयले आफूलाई भोट गर्न सबैमा अपिल गरेकी छन् ।

गायिका बन्ने उद्देश्यका साथ ‘नेपाल आइडल’मा भाग लिएकी सुजाताले उत्कृष्ट १८ को छनौटमा परेपछि सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई भोट गरेर अगाडि बढ्ने अवसर प्रदान गर्न सबैमा आग्रह गरेकी हुन् ।

विश्वभर प्रचलित रहेको आइडल श्रृङखलाको नेपाली संस्करण ‘नेपाल आइडल’ लोकप्रिय बन्दै गइरहेको छ । जसमा मनिग्राम बुटवलबाट सहभागी सुजाता पनि उत्कृष्ट १८ को समूहभित्र पर्न सफल भएकी छन् ।

पहिलो र मध्य चरण पार गर्दै थ्रियटर राउण्डको अन्तिम चरणसम्म आइपुगेकी सुजातालाई अब अगाडि बढ्न भोटको आवश्यकता छ । यसक्रममा उनले सम्मपूर्ण नेपाली दाजुभाई दिदीबहिनीलाई सम्बोधन गर्दै भोटका लागि अपिल गरेकी हुन् । उनको भोट नम्बर १५ रहेको छ ।

उनलाई भोट गर्न म्यासेज बक्समा गएर १५ लेखी ३५२२५ मा एसएमएस गर्नुपर्नेछ । एउटा नम्बरबाट पाँच पटकसम्म भोट गर्न सकिनेछ । भोटिङ २२ जुनको राति ८ः४५ बाट २३ जुनको दिउँसो १२ बजेसम्म गर्न सकिनेछ ।

विदेशमा रहेका नेपालीले नेपाल आइडलको अफिसियल एपमा गएर भोट गर्न सक्नेछन् ।