काठमाडौं, २ असार । राष्ट्रिय जनता पार्टीको बैठक विजुलीबजारमा सुरु भएको छ ।
बैठकमा महन्थ ठाकुर, शरदसिंह भण्डारी, महेन्द्रराय यादव, अनिल झा, राजकिशोर यादव र राजेन्द्र महतो सहभागी छन् । बैठकले चुनाव सार्ने सरकारको निर्णयमा समीक्षा गर्नेछ । आन्दोलनलाई जारी राख्ने वा सरकारको निर्णय मान्ने विषयमा छलफल हुने बुझिएको छ ।
यसअघि हिजो मात्रै बसेको सत्तारुढ दल र राजपाको बैठकले दुई नम्बरको प्रदेशको चुनाव सार्ने र अन्य प्रदेशमा असार १४ मै गर्ने निर्णय गरेको छ । तर, दुई नम्बरको मात्रै सार्दा तराई मधेसबाटै चर्काे विरोध र आलोचना भएपछि राजपा आफ्ना माग पूरा नभएसम्म अन्य प्रदेशको चुनाव सार्नुपर्ने निष्कर्षमा पुगेको स्रोतको भनाई छ ।
यसबारे पनि आजको बैठकमा निर्णय हुनसक्ने बताइएको छ ।
















प्रतिक्रिया