चितवन, २ असार । खुनडाँका मुद्धामा फरार अभियुक्त गुल्मी, रुरु नगरपालिका–२ बस्ने २० वर्षीय सितल सुनार भन्ने झकबहादुर सुनारलाई चितवन, भरतपुर महानगरपालिका–३ नारागणगढ पुल्चोकबाट बिहिबार प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार भरतपुर महानगरपालिका–२५ स्थित साहुनी महतोको घरमा गत जेठ ५ गते प्रवेश गरी गंगासागर महतोलाई पेस्तोलले तथा साहुनी महतो र रामकुमारी महतोलाई फलामे हथौडा समेत प्रहार गरी गम्भीर घाइते बनाई घरको नगद, सुनका गहना लगायतका धनमाल लुटी लगेकोमा गंगासागर महतोको उपचारको क्रममा मृत्यु भएको थियो ।
उक्त खुनडाँका मुद्धामा संलग्न व्यक्तिहरुको पहिचान गरी खोजी गर्नेक्रममा निज सुनार र भरतपुर महानगरपालिका–२७ बस्ने ३८ वर्षीय कृष्ण परियार समेतको संलग्नता रहेको बुझिन आएपछि सुनारलाई प्रहरीले फेला पारी पक्राउ गरेको हो ।
यस सम्वन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया