९ मंसिर २०८३, बुधबार

विमलेन्द्रको डिजाइनमा चुनाव सारियोः ईश्वर पोखरेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सत्तारुढ दलको ‘डिजाइन’मा चुनाव सारिएको बताउनुभएको छ ।

शुक्रबार प्रेस चौतारी नेपालले गरेको अन्तरसम्वाद कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सत्तारुढ नेपाली कांग्रेसले २ नम्बर प्रदेशमा आफ्नो वर्चश्य कायम गर्न राजपालाई देखाएर चुनाव सारिएको दाबी गर्नुभयो । ‘राजपालाई देखाएर कांग्रेसको योजनामा चुनाव सारिएको हो,’ उहाँले भन्नुभयो– ‘यसका मुख्य योजनाकार विमलेन्द्र निधि भएको कुरा हाम्रो जानकारीमा आएको छ ।’

चुनाव सार्ने निर्णय मधेसी जनताको चाहनाविपरित रहेको भन्दै उहाँले दोस्रो चरणको निर्वाचनमा एमाले पहिलो शक्ति बन्ने ठोकुवा गर्नुभयो ।