९ मंसिर २०८३, बुधबार

रिङरोडभित्र मोटरसाइकल चलाउन प्रतिबन्ध लगाउने सरकारी तयारीको विरोधमा सांसद

6.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ असार । संसदको विकास समितिका सभापति एवं नेकपा एमालेका सांसद रवीन्द्र अधिकारीले रिङरोडभित्र मोटरसाइल चलाउन प्रतिबन्ध लगाउने सरकारको तयारीप्रति असन्तुष्टि जनाएका छन् ।

सरकारको तयारीबारे समाचार बाहिर आएपछि प्रतिक्रिया दिँदै अधिकारीले हचुवाको भरमा बोलेर गन्जागोल पारेर छाड्ने काम नगर्न यातायात व्यवस्था विभागलाई भनेका छन् ।

युवा नेता अधिकारीले भनेका छन् – ‘यातायात व्यवस्था विभागले पहिला के काम गर्ने, के नगर्ने प्राथमिकता छुट्याओस्, हचुवाको भरमा बोल्ने गञ्जागोल पारेर छाड्ने !’

साना सवारी साधनका कारण काठमाडौँको सडक व्यवस्थापनमा कठिनाइ भएको भन्दै सरकारले रिङरोडभित्र मोटरसाइकल चलाउन रोक लगाउने विषयमा छलफल थालेको हो । मोटरसाइकल प्रतिबन्ध लगाउनु अघि सार्वजनिक सवारी सहज र शुलभ बनाइने यातायात विभागले जनाएको छ ।