९ मंसिर २०८३, बुधबार

यस वर्षको एसईईको नतिजा सार्वजनिक

37.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, २ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा शुक्रबार प्रकाशित भएको छ ।

नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण भएका छन् । एक्जाम्टेड तर्फ १६ हजार ५७२ जना उत्तीर्ण भएको एसईईले जनाएको छ ।
यस वर्षको एसईई परीक्षामा ४ लाख ६२ हजार १३६ जना परीक्षार्थी संलग्न थिए ।

परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिनेछ ।

नतिजामा चित्त नबुझ्ने परीक्षार्थीले आजको मितिले १५ दिनभित्र पुनर्योगका लागि निवेदन दिन सक्नेछन् ।

– नतिजा यो लिङ्कमा क्लिक गरेर हेर्न सकिन्छ

http://see.ntc.net.np