२९ आश्विन २०८३, बिहिबार

प्रधानमन्त्रीविरुद्ध अविश्वासको मत प्रस्ताव गर्ने निर्णय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वुचारेष्ट (रोमानिया), असार २ । रोमानियाको सत्ताधारी ‘सोसल डेमोक्रेटिक पार्टी’ले आफ्नै सरकारका प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने निर्णय गरेको छ ।

‘सोसल डेमोक्रेटिक पाटीको बहुमतद्वारा प्रधानमन्त्री बनाइएका सोरिन ग्रिन्डिनुलाई राजिनामा दिन सल्लाह दिएपनि उहाँले राजिनामा दिन नमानेपछि उहाँविरुद्ध अविश्वासको प्रस्ताव लाने सो दलले निर्णय लिएको हो ।

दलको कार्यकारी समितिले प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव लाने साथै उहाँलाई पार्टीको सदस्यबाट हटाउने निर्णयलाई बिहीवार सर्वसम्मतले पास गरेको छ ।

ग्रिन्डिनु र दलका प्रमुख केन्द्रिय नेतावीच प्रधानमन्त्रीबाट हट्न गरिएको आह्वानका विषयमा विवाद चुलिएको थियो । प्रधानमन्त्रीले आफूलाई हटाउन अति नै कडा उपाय अवलम्वन गरेपनि पदबाट नहट्ने बताएपछि उहाँलाई अविश्वासको मतद्वारा हटाउने निर्णय लिइएको हो ।

पछिल्लो समय सरकारका गतिविधिलाई सुधार गरी अघिबढ्नुपर्ने विषयमा प्रधानमन्त्रीको दल र सरकारवीच समस्या देखिदै आएको थियो । –सिन्ह्वा