२९ आश्विन २०८३, बिहिबार

न्यायाधीशलाई जेल हालिएकोमा आपत्ति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

द हेग, २ असार । टर्कीका प्रधानन्यायाधीशलाई सात बर्ष जेल सँजाय तोकिएकोमा संयुक्त राष्ट्रसङ्घको अदालतले टर्कीको आलोचना गरेको छ ।

गत बर्ष भएको असफल विद्रोहमा सहयोगी भएको अभियोगमा उच्च प्रधानन्यायाधीशलाई टर्कीले बिहीबार जेल सँजायको तोकेको थियो ।

अन्तर्राष्ट्रिय अपराध न्यायधीकरणको राष्ट्रसङ्घीय संयन्त्रमा आवछता रहेका अवकास प्राप्त राजदूत समेत रहेका अयदिन सेफा अकायलाई बुधवार सात बर्ष छ महिनाका लागि जेल सजाँए तोकिएको थियो ।

अन्तर्राष्ट्रिय अदालतका अध्यक्ष न्यायाधीश थेओडोर मेरोनले टर्कीका अधिकारीहरुको यो कदम प्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

अकायलाई ‘आतङ्ककारी सैन्य समुहको सदस्य’ भन्ने आरोप लगाइनुका साथै फेतुल्लाह गुलेनको संगठनमा अवैध सम्बन्ध राखेको भनिएको छ ।
तर अकायले भने आफु विरुद्ध लगाइएको आरोपहरुको पूर्ण रुपमा खण्डन गर्नुभएको छ ।

उहाँलाई गत बर्षको सेक्टेम्बरमा गिरफ्तार गरिएको थियो । टर्कीका फेतुल्लाह गुलेनको संगठनलाई सहयोग गरेको अभियोगमा सयौं सरकारी अधिकारीहरु माथी कारबाही भएको छ । – एएफपी