१ कार्तिक २०८३, आइतबार

ओमानबाट प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ओमान । ओमानमा स्थापित नेपाली राजनीति आस्था बोकेका संगठनको साझा मोर्चा संयुक्त बैचारिक सयन्त्रले नेपाल सरकारका प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।

संयन्त्रले विभिन्न माग राखेर राजदूतावास ओमानमार्फत ज्ञापनपत्र बुझाएको हो । नेपाली घरेलु महिला कामदारहरूले खेप्नुपरेको बिदामा गएर फर्कन नपाएको भन्दै संयन्त्रले विदामा गएका महिला कामदारलाई नरोक्न माग गरिएको छ ।

नेपाली राजदूतावास ओमानकी नवनियुक्त राजदूत शर्मिला पराजुलीलार्इ ज्ञापन पत्र बुझाएको थियो ।

ओमान नेपाली एकता समाज, जनप्रगतिशील मंच ओमान, नेपाली जनसम्पर्क समिति ओमान, प्रवासी नेपाली मंच ओमानलगायतले ज्ञापनपत्र बुझाएका हुन् ।