१ कार्तिक २०८३, आइतबार

बेल्जियमको अध्यक्षमा जोशीको उम्मेदवारी घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्वीटजरल्याण्ड । नेपाल र नेपालीको लागि भन्ने एनआरएनएको मुख्य उद्देश्य अनुरुप बेल्जियममा बसोबास गर्ने नेपालीहरूको पक्षमा केही गर्ने सोँचसहित एनआरएन बेल्जियमको अध्यक्ष पदमा सन्तोष जोशीले उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

गैर आवसीय नेपाली संघ (एनआरएनए) बेल्जियमको आगामी दुई वर्षको कार्यकालको लागि हुने निर्वाचनको चहलपहल व्यापक रुपमा हुन थालेको छ । बेल्जियममा करिव ६ हजार नेपालीहरूको बसोबास रहेकोमा छ ।

पर्बत जिल्लाको कुश्मा नगरपालिकामा जन्मिएका जोशी बिगत १७ वर्षदेखि बेल्जियम बस्दै आएका छन् । २००६–२००८ मा गैर आवासीय नेपाली संघ बेल्जियमको महासचिब समेत रहेका थिए । जोशी नेपाली जनसम्पर्क समिति बेल्जियमका अध्यक्ष समेत भैसकेका छन् ।