१५ कार्तिक २०८३, आइतबार

डीआईजीमा पाँच सिफारिस, प्रजाभक्त, सञ्जय राणा र भरत श्रेष्ठ परेनन्

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असार । सशस्त्र प्रहरी बलको रिक्त पाँच नायव महानिरीक्षक (डीआईजी) पदमा पाँच जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई सिफारिस गरिएको छ ।

सिफारिसमा पर्नेमा एसएसपीहरु चीरञ्जीवी अधिकारी, नगेन्द्रबहादुर थापा, राजुराम सुवाल, प्रविण श्रेष्ठ र कविन्द्रमान श्रेष्ठ रहेका छन् । राजधानी दैनिकले समाचार छापेको छ ।

डीआईजी बढुवा गर्न बढुवा समितिले २५ जेठमा सूचना प्रकाशित गरी तीन दिनभित्र सम्भाव्य उम्मेदवारहरुले आफुले प्राप्त गरेको शैक्षिक योग्यतालगायत आवश्यक पर्ने प्रमाणपत्र संलग्न गरी मूल्याकंन फारम पेश गर्न भनेको थियो ।

सशस्त्र प्रहरी नियमावली २०७२ अनुसार डीआईजी बढुवाका लागि तीन सदस्यीय समिति रहने प्रावधान छ । डीआईजी बढुवा समितिको अध्यक्षमा गृहसचिव, सदस्यमा सशस्त्र प्रहरी महानिरीक्षक र सदस्य सचिवमा प्रशासन विभागका एआईजी रहने प्रावधान छ ।

वरियतामा एक नम्वरमा रहेका एसएसपी प्रजाभक्त श्रेष्ठ र तीन नम्बरमा रहेका सञ्जयविक्रम राणा बढुवामा परेनन् । यस्तै भरत श्रेष्ठ पनि बढुवामा पर्न सकेनन् ।