काठमाडौं, १ असार । निर्वाचन आयोगले दुई नम्बर प्रदेशको निर्वाचन सार्ने सरकारको निर्णयमा असहमति जनाएको छ ।
राष्ट्रिय जनता पार्टीसँग प्रदेश नम्बर २ को चुनाव सार्ने सहमति गरेलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले आयोग पदाधिकारीहरुलाई बोलाएर प्रदेश नम्बर २ मा असोज २ गते चुनाव गर्ने प्रस्ताव राखेकोमा आयोगले असहमति जनाएको हो ।
प्रधानमन्त्रीसँगको छलफलपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख आयुक्त अयोधीप्रसाद यादवले भने– ‘हामी असार १४ गते नै चुनाव गर्न तयार छौं, ‘असोज २ मा सार्ने निर्णयमा हाम्रो सहमति छैन् ।’
सरकारले आज बिहान राजपासँग भएको बैठकमा प्रदेश २ को निर्वाचन असोज २ गतेलाई सार्ने सहमति गरेको थियो ।











प्रतिक्रिया