काठमाडौं, १ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दुई नम्बर प्रदेशमा चुनाव सार्ने निर्णयको विरोध गरेका छन् । उनले यसलाई अदूरदर्शी र अपरिपक्क निर्णय भनेका छन् ।
सत्तारुढ कांग्रेस र माओवादीले राजपा नेताहरुसँग प्रदेश नम्बर २ को चुनाव सार्ने सहमति गरेलगत्तै सामाजिक सञ्जाल ट्वीटरमार्फत अध्यक्ष थापालचुनाव सार्ने निर्णय गलत भएको बताए ।
उनले ट्वीट गरेका छन– ‘दुई नम्बर प्रदेशको चुनाव सार्ने निर्णयले गलत सन्देश दिएको छ । निर्णय अदूरदर्शी र अपरिपक्व छ ।निर्वाचन आयोगलाई कठपुतली बनाउन खोजिएको छ ।’













प्रतिक्रिया