भक्तपुर, १ असार । असारमा खेती किसानलाई आवश्यक रासायनिक मलको बजारमा कृतिम अभाव सृजना गरिएको छ । भक्तपुरमा सरकारले अनुदानमा उपलब्ध गराएको अनुदानको मल व्यापारीको कब्जामा रहेको खुलासा भएको छ । नेपाल सरकारले सहकारी मार्फत उपलब्ध गराएको मल नै मुल्य वृद्धि गर्दै व्यापारीले किसानलाई बेच्ने गरेका हुन् ।
मलको कृतिम अभाव बजारमा भएपछि जिल्ला कृषि विकाश कार्यालय भक्तपुरको नेतृत्वमा भक्तपुरका गरिएको अनुगमन दुई मल पसलमा शिल्बन्दी गरिएको छ । अनुगमन टोलीले कमलविनायकमा रहेको राधा कृष्ण सप्लार्यस र एन बि एग्रो स्टोरमा शिलबन्दी गरेको हो ।
राधा कृष्ण सप्लार्यसका संचालक राधाकृण्ण प्रजापतिले नजिकै रहेको सिद्धि गणेश कृषि सहकारी संस्था लिबाट एक–एक बोरा युरिया मल ९ सय ५० रुपैयाँमा खदिर गर्ने र आफ्नो पसलमा ल्याएर १ हजार १ रुपैया बिक्रि गर्ने गरेको पाइएको छ ।
उक्त सहकारी बाहेक पसल संचालकले समय बचत तथा ऋण सहकारी, जिल्ला सहकारी संघ लि. भक्तपुर लगायतका संस्थाबाट फर्जी नाममा सामान्य बिल काटेर मल खदिर गर्ने र मुल्य वृद्धि गरेर बिक्रि गर्ने भेटिएको छ । प्रजापतिको गोदममा सयौं बोरा युरिया र डिएपी मल फेला परेको छ ।
एन बि एग्रो स्टोरले भने श्रजृना नगर बचत तथा ऋण सहकारीबाट अनुदानको रासायनिक युरिया मल ९ सय ५० रुपैंयामा ल्यार १ हजार १ सयमा बेच्ने गरेको पत्ता लागेको छ । संचालकले मल खदिर गर्न आउने किसानलाई तोकिएको भन्दा धेरै मुल्यमा बिक्रि गर्ने तर बिल भने नदिने गरेका छन् । उक्त सहकारीलाई मल खदिर गर्न सिफारीस जिल्ला कृषि कार्यालयले नै गरेको देखिन्छ ।
सरकारी अनुदानको मल तोकिएका संस्थाबाट युरिया ९ सय ५० र डिएपी २ हजार ४ सय मुल्य तोकिएको छ । तर व्यापारीहरुले भने युरियाको १ हजार १ सय र डिएपीको २ हजार ५ सय रुपैंयामा बिक्रि गर्ने तर बिल नदिने गरेको जिल्ला कृषि विकाश कार्यालयकी प्रमुख पूर्ण ढुंगानाले बताइन् ।
यसरी सहकारी संस्थाको नाममा राज्यको अनुदानबाट आएको रसायनिक मलको दुरुपयोग गर्नेलाई के कारवाहरी गर्ने भन्ने विषयमा प्रमुख जिल्ला अधिकारीसंग छलफल पश्चायत मात्र थाहा हुने ढुंगानाले बताइन् ।












प्रतिक्रिया