२१ कार्तिक २०८३, शनिबार

सिनपाको टोल भेला, एमाले उम्मेदवारलाई सघाउने निर्णय

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा, १ असार । नगरमा सबैभन्दा धेरै मतादाता रहेको सिनपा ८ मा रहेका टोलबासीले असार १४ गते हुन गइरहेको स्थानिय तह निर्वाचनमा एमाले उमेदवारलाई सघाउने निर्णय गरेका छन् ।

स्थानीय दुर्गा मन्दिर परिसरमा सम्पन्न  वडामा रहेका आधा दर्जन टोल समितीको बैठकले विकासप्रेमी, धार्मिक हिसाबले सहिष्णु, विविधतालाई एक सुत्रमा बाध्न सक्ने सच्चा राष्ट्रवादी पाटि एमाले भएको निश्कर्ष निकाल्दै उनीहरुले त्यस्तो निर्णय गरेका हुन् ।

भेलाले विगतमा भारतले नाकाबन्दी गर्दा अन्य दलले कानमा तेल हालेर बसेको, ५ नम्बर प्रदेश टुक्राउने प्रस्ताव आउदा समर्थन गरेको, सिनपाको विकासको आधार एडिबीको संघर्ष समिती नै बनाएर आन्दोलन गरेको आरोप लगाउदैं मर्दाको मलामी जीउदाका जन्तीको रुपमा हरेक समस्या पर्दा जनताको घरघरमा  पुग्ने एमालेका उमेदवारलाई विजयी गराउन सबै सहयोग गर्ने निर्णय गरेको स्थानिय तारापति भण्डारीले जनाए ।

भण्डारीको सभापतित्व एवं अरुण पन्थिको सन्चालनमा सम्पन्न भेलामा एमालेको तर्फबाट मेयरका उमेदवार हरिप्रसाद अधिकारीले एमालेको ६५ बुदें प्रतिबद्धता अनुसार सिनपालाई विकासको रोलमोडल बनाउने बताए । चीन र भारतको मैत्री पुलको रुपमा भैरहवालाई विकास गरेर लैजानेगरी एमालेले काम थाल्ने हुदां त्यस्तो अवस्थामा कुनैपनि नगरबासी बेरोजगार पनि हुननपर्ने जिकीर गरे ।

उपमेयरको उमेदवार उमा काफ्लेले सिद्धार्थनगरलाई पयटकीय, औद्योगिक व्यापारीक नगरको रुपमा विकास गर्दै मुलुककै विकसीत र उदाहरणीय नगर बनाउन आफुहरु दिनरात खटिने बताइन् । विगत २५ वर्षदेखी निरन्तर राजनीतिक र्मार्चामा अग्रसर हुदैं आएकी काफ्लेले भनिन , एमालेले जनताको शिर उचो राख्नेगरी काम गर्नेछ । जनताको बहुदलीय जनबाद मार्फत जनतालाई अधिकार सम्पन्न बनाउन भूमिका खेल्नेछ ।

कार्यक्रममा वडा नम्बर ८ का अध्यक्ष पदका उमेदवार राजेन्द्र प्रसाद पन्थिले ०५४ सालमा निर्वाचित हुदां रहेका अधुरा काम पुरा गर्न तथा नगरकै मुख्य केन्द्र सिनपा ८ लाई स्वास्थय ,शिक्षा, रोजगारयुक्त  सुन्दर वडाका रुपमा विकास गरेर देशी विदेशी मान्छेहरु विकासको नमुना हेर्न सिनपा ८ मा आउनेगरी कायृक्रम गर्ने प्रतिबद्धता जनाए । एमाले नेता भरत कुमार पोखरेलले देश एमालेमय भएको हुदां सिद्धार्थनगरमा सूर्यध्वजाबाहक झन्डा फहराउन आतुर रहेको बताए ।